पोखरा विमानस्थलको धावनमार्ग निर्माण ३ मिहनामै सम्पन्न
काठमाडौं : निर्माण सुरु भएको तीन महिनामै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको धावनमार्गको निर्माण कार्य पूरा भएको छ । दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको उक्त धावनमार्गको बुधबार निर्माण कार्य सकिएको नेपाल नागरिक उड्डययन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । 'निर्माणको काम आज पूरा भएको छ' उनले भने, ‘अब बाँकी निर्माणका काम निरन्तर अघि बढ्छन् ।’
अहिलेसम्म एप्रोन र जहाज पार्किङ स्थल निर्माणको काम पनि पूरा भइसकेको छ । उक्त पार्किङमा तीनओटा ठूला र आठओटा साना जहाज पार्किङ गर्न मिल्नेछ । विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएनसी इन्जिनियरिङ कन्सल्टेन्सीले धावनमार्ग निर्माण गरेको हो । अन्य विमानस्थल कालोपत्रे गरिने भए पनि यो नेपालमै पहिलोपटक ढलान गरिएको धावनमार्ग हो ।
तीव्र गतिमा निर्माणको काम अघि बढेको उक्त विमानस्थल...