२८४ यात्रु बोकेको विमान सफा आकाशमा एक्कासी हल्लिएपछि…
सफा आकाशमा एक्कासी विमान हल्लिँदा ३५ जना यात्रु घाइते भएका छन्। विमानमा २८४ जना यात्रु सवार थिए।
क्यानाडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीका लागि उडेको एयर क्यानडा (बोइङ ७७७-२००) को विमान सघन टर्बुलेसनमा परेको हो। टर्बुलेसनमा परेपछि विमानको आपतकालीन अवतरण गराइएको थियो।
होनोलुलुको विमानस्थलमा अवसतरण गर्ने बित्तिकै चिकित्सकहरूले यात्रुको स्वस्थ्य परीक्षण गरेका थिए। सो क्रममा सवार मध्ये ३५ यात्रु घाइते भएको भेटिएको थियो।
विमानसेवाले जनाएअनुसार हवाइ टापुभन्दा दुई घण्टाको दूरी पर पुगेको विमानले सफा आकाशमै अचानक बेतोडको टर्बुलेन्स बेहोरेको हो।
यात्रुहरूका लागि विमान कम्पनीले होनोलुलुमा होटलहरूको व्यवस्था गरिएको र यात्रुहरूलाई अस्ट्रेलिया लैजाने नयाँ उडानको व्यवस्था गरिरहेको विमान कम्पनीले जनाएको छ।
के हो टर्बुलेन्स ?
चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न ह...