Sunday, July 21

Tag: विद्यालय

विद्यालय १५ माघसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
प्रमुख समाचार

विद्यालय १५ माघसम्म बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सीसीएमसीसीले सिफारिस गरिएको छ। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनि...
कोरोना संक्रमण बढेपछि विद्यालय बन्द
प्रमुख समाचार

कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि विद्यालय बन्द हुने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा आज बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए । शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् । कोरोनाको संक्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मा...
कलिला बालबालिका धेरै समय विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर
समाचार

कलिला बालबालिका धेरै समय विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर

काठमाडौं : हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताए । विद्यालयमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक तथा आर्थिक उपलब्धिको ढोका बन्द हुनसक्ने उनको सुझाव छ । बालबालिकादेखि हुर्किएका विद्यार्थीले पनि लामो समय विद्यालयमा बिताउनु उचित नभएको उनको भनाइ छ । टाढा विद्यालय भएकाहरू र कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थी बिहान ८ बजे स्कुल जानका लागि ७ बजे नै घरबाट हिँड्नुपर्छ । साँझ घर फर्किंदा ५ बज्छ । ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँ...
तलबभत्ता शैक्षिक विकासमा खर्च गर्दै वडा अध्यक्ष
समाचार

तलबभत्ता शैक्षिक विकासमा खर्च गर्दै वडा अध्यक्ष

गोरखा : गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गरेका छन्। वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महीनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गरेका हुन्। वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने निणर्य भए पनि आर्थिक समस्याका कारण कक्षा सञ्चालन गर्न अप्ठ्यारो भएपछि उनले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराएका हुन्। '१६ महीनाको दुई लाख ८८ हजार रुपैयाँले तीन विद्यालयका बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुग्ने रहेछ', उनले भने, 'मैले यस्तो अभियान आफैँबाट थालनी गर्नुपर्छ भनेर सहयोग गरेको हूँ।' वडाध्यक्ष श्रेष्ठले वडाभित्रका शहीद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र शहीद ल...
विद्यार्थीको चाप थेग्न नसकेर भर्ना रोक्नु पर्ने सरकारी विद्यालय
समाचार

विद्यार्थीको चाप थेग्न नसकेर भर्ना रोक्नु पर्ने सरकारी विद्यालय

मुग्लिन : ‘विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ।’ यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको। यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १ मा पहिलो वर्ष २०/२० जनाको भर्ना लिने उद्देश्य लिएकामा समय अगावै कोटा पुगेपछि सूचना जारी गरेरै भर्ना रोकिएको शिक्षक गुरुङले बताए। अन्य बालबालिकाहरुलाई त यस विद्यालयमा वञ्चित गरियोनी भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो अन्य बालबालिकालाई बञ्चित गर्ने उद्देश्य होइन, पहिलो वर्ष विद्यालयको भौतिक संरचना र जनशक्तिले धान्न सक्ने मात्र भर्ना गरेका हौँ। विद्यार्थीको सङ्ख्या थुर्पानुभन्दा पनि गुणात्मक शिक...
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
प्रमुख समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

रिपेश दाहाल हेटौँडा : आफ्ना सन्तानलाई महङ्गो शुल्क तिरेर भए पनि निजी विद्यालयमै भर्ना गर्न चाहने अधिकांश अभिभावक अहिले भने धमाधम सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् । सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएपछि अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना छोराछोरी झिकेर सामुदायिक विद्यालयमा पढाउन थालेका हुन् । विद्यार्थी सङ्ख्या न्यून भएर कतिपय विद्यालय बन्द नै गर्नुपरेको विगतको परिस्थितिलाई आत्मसात् गरेका सामुदायिक विद्यालयले व्यापक सुधार गरेपछि परिस्थिति फेरिएको हो । मकवानपुरमै सबैभन्दा धेरै विद्यार्थी पढ्ने विद्यालय आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, सिद्धार्थ मावि, प्रगति मावि, महेन्द्र माविजस्ता थुप्रै सामुदायिक विद्यालयमा विद्यार्थीको चाप व्यवस्थापन गर्न यतिबेला प्रवेश परीक्षा नै लिनुपर्ने अवस्था छ । महोत्तरीबाट आफ्ना छोरा पढाउन हेटौँडामा आउनुभएका अनिल उपे्रति यस शैक्षिक सत्रबाट ...