Saturday, April 20

Tag: विद्यार्थी

कोरोना संक्रमण बढेपछि विद्यालय बन्द
प्रमुख समाचार

कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि विद्यालय बन्द हुने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा आज बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए । शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् । कोरोनाको संक्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मा...
तलबभत्ता शैक्षिक विकासमा खर्च गर्दै वडा अध्यक्ष
समाचार

तलबभत्ता शैक्षिक विकासमा खर्च गर्दै वडा अध्यक्ष

गोरखा : गोरखाको शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरणबाबु श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम शैक्षिक क्षेत्रको विकासमा खर्च गरेका छन्। वडाध्यक्ष श्रेष्ठले पद सम्हालेदेखि अहिलेसम्मको करीब १६ महीनाको तलब भत्ताको रकम वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि खर्च गरेका हुन्। वडाभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ शुरु गर्ने निणर्य भए पनि आर्थिक समस्याका कारण कक्षा सञ्चालन गर्न अप्ठ्यारो भएपछि उनले आफ्नो सेवासुविधा विद्यालयलाई उपलब्ध गराएका हुन्। '१६ महीनाको दुई लाख ८८ हजार रुपैयाँले तीन विद्यालयका बालबालिकालाई निःशुल्क अंग्रेजी माध्यमको पुस्तक उपलब्ध गराउन पुग्ने रहेछ', उनले भने, 'मैले यस्तो अभियान आफैँबाट थालनी गर्नुपर्छ भनेर सहयोग गरेको हूँ।' वडाध्यक्ष श्रेष्ठले वडाभित्रका शहीद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र शहीद ल...
विद्यार्थीको चाप थेग्न नसकेर भर्ना रोक्नु पर्ने सरकारी विद्यालय
समाचार

विद्यार्थीको चाप थेग्न नसकेर भर्ना रोक्नु पर्ने सरकारी विद्यालय

मुग्लिन : ‘विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ।’ यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको। यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १ मा पहिलो वर्ष २०/२० जनाको भर्ना लिने उद्देश्य लिएकामा समय अगावै कोटा पुगेपछि सूचना जारी गरेरै भर्ना रोकिएको शिक्षक गुरुङले बताए। अन्य बालबालिकाहरुलाई त यस विद्यालयमा वञ्चित गरियोनी भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो अन्य बालबालिकालाई बञ्चित गर्ने उद्देश्य होइन, पहिलो वर्ष विद्यालयको भौतिक संरचना र जनशक्तिले धान्न सक्ने मात्र भर्ना गरेका हौँ। विद्यार्थीको सङ्ख्या थुर्पानुभन्दा पनि गुणात्मक शिक...
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
प्रमुख समाचार

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

रिपेश दाहाल हेटौँडा : आफ्ना सन्तानलाई महङ्गो शुल्क तिरेर भए पनि निजी विद्यालयमै भर्ना गर्न चाहने अधिकांश अभिभावक अहिले भने धमाधम सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् । सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएपछि अभिभावकहरुले निजी विद्यालयबाट आफ्ना छोराछोरी झिकेर सामुदायिक विद्यालयमा पढाउन थालेका हुन् । विद्यार्थी सङ्ख्या न्यून भएर कतिपय विद्यालय बन्द नै गर्नुपरेको विगतको परिस्थितिलाई आत्मसात् गरेका सामुदायिक विद्यालयले व्यापक सुधार गरेपछि परिस्थिति फेरिएको हो । मकवानपुरमै सबैभन्दा धेरै विद्यार्थी पढ्ने विद्यालय आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, सिद्धार्थ मावि, प्रगति मावि, महेन्द्र माविजस्ता थुप्रै सामुदायिक विद्यालयमा विद्यार्थीको चाप व्यवस्थापन गर्न यतिबेला प्रवेश परीक्षा नै लिनुपर्ने अवस्था छ । महोत्तरीबाट आफ्ना छोरा पढाउन हेटौँडामा आउनुभएका अनिल उपे्रति यस शैक्षिक सत्रबाट ...
अस्ट्रेलियाको नयाँ आप्रवासन नीति : नेपालीहरू पनि प्रभावित हुने चिन्ता
जीवनशैली, प्रमुख समाचार

अस्ट्रेलियाको नयाँ आप्रवासन नीति : नेपालीहरू पनि प्रभावित हुने चिन्ता

अस्ट्रेलियाले आप्रवासनसम्बन्धी आफ्ना नीतिमा केही कडाइ गर्ने घोषणा गरेपछि अध्ययन र कामका लागि त्यहाँ गएका नेपालीहरूबीच चिन्ता बढ्न थालेको छ। अधिकांश नेपाली अस्ट्रेलियामा स्थायी बसोबास गर्ने उद्देश्यले जाने गरेकाले धेरैलाई नयाँ आप्रवासन नीतिले समस्यामा पार्न सक्ने चिन्ता बढेको हो। अस्ट्रेलियामा बसोबास गरिरहेकाहरूका अनुसार पछिल्लो नीतिगत परिवर्तनपछि धेरै नेपाली विद्यार्थी आफ्नो भविष्यलाई लिएर चिन्तित बन्ने गरेको देखिएको छ। पश्चिमी अस्ट्रेलियाको पर्थस्थित वेस्टर्न अस्ट्रेलिया नेपाली सोसाइटीका अध्यक्ष मणि पनेरू भन्छन्, 'अहिलेका नयाँ नियमले नेपाली विद्यार्थीलाई निकै असर पर्ने देखिन्छ। चीन र भारतपछि सबैभन्दा धेरै विद्यार्थी आउने मुलुकमा नेपाल भएकोले पनि त्यसको असर हजारौँ नेपालीलाई पर्नु स्वाभाविक हो।' परिवर्तन अस्ट्रेलिया सरकारले गत महिना आफ्नो अध्यागमन तथा आप्रवासन नीतिमा केही परिवर्तन गरेको घोष...