Saturday, July 20

Tag: विदेश

इजरायल जान आवेदन खुल्यो, तलव १६ सय युएस डलर
अर्थ, प्रमुख समाचार

इजरायल जान आवेदन खुल्यो, तलव १६ सय युएस डलर

इजरायल जाने नेपाली कामदारका लागि आवेदन खुला गरिको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटको आवेदन आह्वान गरेको हो । मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो । एक हजारजनाको लागि आवेदन आह्वान गरिएको छ । लामो समयदेखि इजरायलले नेपाली कामदारको माग गरे पनि दुवै देशबीच सम्झौता नभएकोले कामदार जान सकेका थिएनन् । आजदेखि योग्य कामदारको आवेदन लिन सकिने विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए । जान चाहनेले अनलाइनबाट निवेदन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन आवेदन दर्ता गर्न भनिएको छ । मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ । ...
युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…   
प्रमुख समाचार

युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…   

रमेश लम्साल/अशोक घिमिरे     काठमाडौं : सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका साथ केही पैसा कमाएर फर्कन्छन् त केही ‘कफिन’ मा फर्कन्छन् । हाँसीहाँसी विदेशिएका कोही हाँस्दै फर्कन्छन् भने कोही रुँदै । कोही आश लिएर फर्कन्छन् त कोही श्वासविहीन । नेपाल राष्ट्र बैंकले शुक्रबारमात्र गत आर्थिक वर्ष २०७५/०७६ को ११ महीनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । विवरण भन्छ, ‘एघार महीनामा रु सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रियो ।' देशभित्र रोजगारीको अवसर मनग्य हुँदो हो त लाउँलाउँ र खाउँखाउँ...
पत्याउनु हुन्छ ! शिक्षित नै हुन्छन् बेचबिखनको शिकार
प्रमुख समाचार, प्रविधि, रोचक, शिक्षा

पत्याउनु हुन्छ ! शिक्षित नै हुन्छन् बेचबिखनको शिकार

कालिका खड्का काठमाडौं : तपाईं पत्याउनु हुन्छ छोटो समयमा धेरै पैसा कमाउने मोहले पढेलेखेका र आफैँ पैसा खर्च गरेर विदेश गएका कैयौँ कष्टकर जीवन भोगिरहेका छन् ? अनपढ हुँदाहुँदै र लहैलहैमा लागेर वैदेशिक रोजगारीमा गई दुःख पाएको कथा/व्यथा त सुनिँदै आएको छ तर अहिले पढेका/बुझेका व्यक्ति आफैँ पैसा खर्च गरेर विदेशमा गई अलपत्र पर्ने गरेको तथ्य बाहिर आएको छ । कामका सिलसिलाका पहिला कुवेत, कतारलगायत तेस्रो मुलुकका देशमा नेपाली युवकयुवती बेचबिखनमा पर्ने गरेका थिए तर अहिले बेचबिखनको गन्तव्य परिवर्तन भएको छ । अहिले पोल्याण्ड, पोर्चुगल, ग्रीस, दक्षिण अफ्रिकालगायत देशमा बेचबिखनमा पर्ने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पछिल्लो समयमा पढेलेखेका र पैसा भएका मानिस नै पढ्ने वा धेरै पैसा कमाउने चाहनामा बेचबिखनमा पर्ने गरेको सुनाइन् । ‘पहिले पैसा कमाउने आशामा बेचबिखनमा पर्थे तर अह...