Sunday, July 21

Tag: वादी समुदाय

३५ वर्ष जंगलमा बिताएका वादी समुदायले पाए नयाँ घर
समाचार

३५ वर्ष जंगलमा बिताएका वादी समुदायले पाए नयाँ घर

पैतीस वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुशी भएका छन् । गरिबीका कारण त्रिपालले छाएको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीका बादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएपछि नयाँ घरमा बस्न पाउँदा उनीहरु खुशी भएका हुन् । चुत्राबेँसीमा बस्दै आएका वादी समुदायका ११ घर परिवार र सोही ठाउँमै सँगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएपछि उनीहरु खुशी छन् । 'बर्खाको समय राति सुतिरहेको बेला पानी चुहिएर शरिर लुथ्रुक्कै भिजेको हुन्थ्यो, कति रात त पानी परेर ननिदाइकनै उज्यालो हुन्थ्यो', सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले भनिन्, 'कपडा भिजेर अर्को कपडा फेरि रातभर जागराम बस्थ्यौँ अब त ढुक्क भएर रातभर सुत्न पाइने भयो, औधि खुसी लागेको छ ।' प्रदेश सरकारको मुख्यमन्त्री ग्रा...