Wednesday, February 21

Tag: वसन्तपुर

कहिले देख्न पाउलान सर्वसाधारणले सुनको सिंहासन ?
समाचार

कहिले देख्न पाउलान सर्वसाधारणले सुनको सिंहासन ?

काठमाडौं : वसन्तपुर गद्दी बैठकमुन्तिर रहेका सुनका सिंहासन सर्वसाधारणले कहिले अवलोकन गर्न पाउने हुन्? यो प्रश्न धेरै समयदेखि अनुत्तरित छ। केही दिनअघि मात्रै बैठकसँगै जोडिएको फरासखानामा रहेका यी सिंहासन वसन्तपुर गद्दी बैठक मुन्तिर सारिएको छ। यी सिंहासन अभिलेख अनुसार पाटन दिगु तलेजु आगम छेँ र दिगु तलेजु गुठीबाट प्राप्त भएका हुन्। यहाँ सुनैको ढाल र सुनैको तरबार पनि छ। सुनको ढाल र तरबार महांकाल भैरवबाट प्राप्त भएको अभिलेख छ। केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार यी सिंहाशन, ढाल तरवारलाई सङ्ग्रहालय बनाएर प्रदर्शन गर्ने योजना छ तर सङ्ग्रहालय बनाउने स्थान नपाएर यी समान उहिल्यैदेखि यस्तै अवस्थामा रहेका छन्। वि.सं. २०४७ मा गठित सरकारी समितिले यी सामग्रीसहित सुनको शंख र मल्ल, शाह र राणाकालीन असर्फीलाई संग्रहालयमार्फत प्रदर्शन गर्नु उपयुक्त हुन्छ भन्ने लिखित राय द...