Tuesday, July 16

Tag: वर्षा राउत

आकाशको दिल तोडेर गइन वर्षा, भिडियो
मनाेरञ्जन

आकाशको दिल तोडेर गइन वर्षा, भिडियो

काठमाडौं : जीवन भोगाइका कथा व्यथा गीतमा समेटिने भएर होला गीतमा मान्छेको जिन्दगी हुन्छ। मान्छेको जिन्दगीमा सुखभन्दा दुःख धेरै आउने भएर नै होला , मान्छे दुःखलाई बारम्बार सम्झिरहन्छ। भन्ने हो भने भेट्नु र छुट्नु जीवनको रित हो तर बिछोडको पीडाको भुल्न नसेकेर नै होला मान्छेले गीत, कविता, कथाका माध्यमबाट आफ्ना मनका भावना पोखिरहेका हुन्छ्न्। डिजिटल बजारमा केही दिनअघि यस्तै भावको भिडियो सार्वजनिक भएको छ। सेन्टिमेन्टल भर्सनको 'दिल तोडेर गयौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो। यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ। संगीत नारायण सुवेदी 'आभास'ले भरका छन् भने गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन्। प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका वर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। साथमा मोडेल निराजन प्रधानलाई  ...
अस्ट्रेलियामा ‘जात्रै जात्रा’, चर्चामा वर्षाको पहिरन (९ तस्बिर)
मनाेरञ्जन

अस्ट्रेलियामा ‘जात्रै जात्रा’, चर्चामा वर्षाको पहिरन (९ तस्बिर)

काठमाडौं : जेठ ३ गतेबाट सिनेमाहलमा प्रदर्शन भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । अस्ट्रेलियाका ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेका शहरहरुमा चलचित्र प्रदर्शन भइरहेको छ । चलचित्र प्रदर्शनकै लागि भनी निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता, रवीन्द्रसिंह बानियाँ, नायक विपिन कार्की र नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छन् । चलचित्र प्रदर्शनको लागि अस्ट्रेलिया पुगेका उनीहरु शो मा सबैजना सजिएरै पुगेका थिए । तर सबैको ध्यान तान्न सफल भइन् नायिका वर्षा राउत । चलचित्रको शो उनले लगाएको पहिरनको चर्चा अहिले भइरहेको छ । सामाजिक सञ्जालमा उनले लगाएको पहिरनको विषयमा ट्रोलहरु बनिरहेका छन् । शो मा वर्षाले सेतो कपडामा कालो–कालो टीका भएको गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको अगाडीको भाग अलि बढी खुलेको थियो । ‘जात्रा’को सिक्व...