Thursday, May 23

Tag: लोक विश्वास

मिथिलामा अचम्मलाग्दा लोक विश्वास
समाचार

मिथिलामा अचम्मलाग्दा लोक विश्वास

हिमांशु चौधरी जनकपुरधाम : मिथिलामा विद्यमान लोक विश्वासका अनुत्पादक अन्धविश्वास समाप्त गरी नयाँस्वरूप दिनुपर्ने आवश्यकता देखिएको छ । परापूर्वकालदेखि धर्म, संस्कृति, जीवनशैली र जीवनका अवस्थामा आएको विकृतिले धाँमीझाँक्री, टुनामुना, भूतप्रेत र बोक्सीजस्ता लोक विश्वासलाई जन्माएकाले यसप्रति विश्वास मिथिलामा पाइन्छ । ‘मर्द बरूआर रहैत छैक त बेटा होइत छैक, मौगी जबद्गर भेल त बेटी जन्म लैत छैक’ (पुरूष बलियो भयो भने छोरा जन्मिन्छ, महिला कमजोर भएमा छोरी जन्मिन्छे) जस्ता अन्धविश्वास पनि त्यही कारकतत्वद्वारा कालक्रममा परिपोषण हुँदै आएको देखिन्छ । बोक्सीले गर्भमै बच्चा खाइहाल्ने, निःसन्तान बनाइदिने, किचकिन्नीले सुन्दर युवकलाई एकान्तमा देखेमा जीवित युवतीका रूपमा युवकलाई मोहित गरी युवकसँग रतिक्रीडा गराइ युवकलाई मार्नेजस्ता लोकविश्वास पनि रहेको छ । मिथिलाको राँके भूतले रातिमा खेत खलियानमा राँको लिइ ड...