Friday, July 12

Tag: लोकसेवा

लोकसेवा : एकैचोटि ९ हजार कर्मचारी माग, १० लाखको दरखास्त पर्ने अनुमान
समाचार

लोकसेवा : एकैचोटि ९ हजार कर्मचारी माग, १० लाखको दरखास्त पर्ने अनुमान

काठमाडौं : लोक सेवा आयोगले एकैपल्ट ९ हजारभन्दा बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। चौथो (खरिदार) देखि छैठौं (शाखाअधिकृत)सम्म ९ हजार १ सय ६१ दरबन्दीमा विज्ञापन खोलिएको आयोगका अध्यक्ष उमेश मैनालीले जानकारी दिए। यति धरै सख्यामा आयोगले विज्ञापन आह्वान गरेको यो पहिलो पटक भएको उनले बताए। ‘यति ठूलो विज्ञापन कहिल्यै भएको थिएन’, उनले भने। देशभरिका स्थानीय तहमध्ये ५ सय १५ मा १३ हजार ६ सय ४५ कर्मचारी आवश्यक भए पनि ९ हजार १ सय ६१ को मात्र विज्ञापन गरिएको छ। बाँकी ४ हजार ४ सय ८४ बढुवाका लागि छुट्याइएको छ। उनका अनुसार अधिकृत स्तरमा १ हजार ८ सय ३५ को विज्ञापन खोलिएको छ भने नासुको ३ हजार ९ सय ३०, खरिदारको ३ हजार ३ सय ९६ पदको विज्ञापन आह्वान भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये २ सय ३६ ले कर्मचारी विवरण नै पठाएका छैनन्। ‘जतिल पठाए त्यहीअनुसार विज्ञापन गरेका छौं,’ उनले भने। आर्थिक योजना तथा तथ्यांक सेवाअ...
लोकसेवा आयोगका अध्यक्ष भन्छन् : एकजनाको पदमा कहाँबाट आरक्षण बाँडने ?
प्रमुख समाचार

लोकसेवा आयोगका अध्यक्ष भन्छन् : एकजनाको पदमा कहाँबाट आरक्षण बाँडने ?

काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहको विज्ञापनमा प्रत्येक स्थानीय तहको तहगत रुपमा छुट्टाछुट्टै विज्ञापन गर्नुपर्ने भएकाले समावेशी (आरक्षणको कोटा) न्यून रहेको बताएको छ । आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रत्येक स्थानीय तहको तहगत रुपमा विज्ञापन गर्नुपर्ने र समावेशी तर्फको पद स्थानीय तहगत रुपमा प्रतिशत निर्धारण गरी गर्नुपर्ने भएकाले केही कमी आएको बताए । आयोगले बुधबार ५१५ स्थानीय तहको लागि नौ हजार १६१ कर्मचारीको लागि विज्ञापन आह्वान गरेको थियो । ‘प्रायः सबै एउटा स्थानीय तहमा एक जना कर्मचारीको माग गरिएको छ’ उनले भने, ‘त्यो एक जनाको पदमा कहाँबाट आरक्षण बाँडने ? त्यही भएर विज्ञापनमा आरक्षण न्यून रहेका हुन् ।’ धेरै सङ्ख्याको विज्ञापन गर्दा पनि आरक्षण कोटा छुट्टाउन भनेर धेरैले प्रश्न गरेको भन्दै उनले भने, ‘एक दुई पदमा आरक्षण कोटा छुट्टाउन नसकेर यस्तो भएको हो । भ्रम नपर्नुहोस ।’ आयोगका प्रवक्ता ...
लोकसेवाले माग्यो ९ हजार कर्मचारी [विज्ञापनसहित]
प्रमुख समाचार

लोकसेवाले माग्यो ९ हजार कर्मचारी [विज्ञापनसहित]

काठमाडौं : लोकसेवा आयोगले बुधबार झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो। आयोगका अनुसार खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको छ । सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो । सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः संघ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । आयोगले ७५३ स्थानीय तहअनुसार विज्ञापन गरेको हो । आयोगले प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति लागेको हो । सरकारले स्थानीय तह...
भोलि स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन खुलाइँदै
प्रविधि

भोलि स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन खुलाइँदै

काठमाडौं : लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराए । सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो । सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः संघ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । आयोगले ७५३ स्थानीय तहअनुसार विज्ञापन गर्ने छ । प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार वि...
लोकसेवाद्वारा विशेष कार्यतालिका सार्वजनिक, १५ जेठमा खुल्दै ८ हजारलाई जागिर
प्रमुख समाचार

लोकसेवाद्वारा विशेष कार्यतालिका सार्वजनिक, १५ जेठमा खुल्दै ८ हजारलाई जागिर

काठमाडौं : लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो । आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ । कार्यतालिकाअनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो । आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै...