Sunday, July 21

Tag: लुक्ला विमानस्थल

आहा ! लुक्ला विमानस्थल   
समाचार

आहा ! लुक्ला विमानस्थल   

सिबी अधिकारी     विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको मुख्य प्रवेशद्वारा लुक्ला आफैमा पर्यटकीय आकर्षणको केन्द्र हो । अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण लुक्लाको स्थानीय जीवनशैली, रहनसहन र संस्कृतिसँगै त्यहाँको भौतिक पूर्वाधारले थप सुसज्जित तुल्याएको छ । लुक्ला भन्नासाथ आम मानिसमा त्यहाँको तेञ्जिङ् हिलारी (लुक्ला विमानस्थल) को स्मरण आउँछ । हुन पनि विश्वकै जोखिमयुक्त तर असाध्यै सुन्दर विमानस्थल लुक्ला विमानस्थल पर्यटकको आकर्षक गन्तव्य पनि हो । आकाशतिर मडारिएको कालो बादलको बाक्लो कुहिरो, हरिया मनमोहक डाँडाकाँडा, तलतिर दूधकोशीको सुशेली महाभारतको छातीमा अडिएको अलिकति समथर भित्तो । त्यसैमा सजिएको छ, लुक्ला विमानस्थल । विमानस्थलको जति आकर्षण छ, त्यति नै स्थानीय बस्ती बजारको सुन्दरता झल्काउँछ । विमानस्थलको छेवैमा पङ्तिबद्धजस्तै रहेको चिटिक्क सफा सुन्दर बजार । पासाङ ल्हामु गाउँपालिका वडा नं...