Sunday, July 21

Tag: लागुऔषध

कारागारभित्रैबाट लागुऔषध कारोबारको धन्दा
जीवनशैली, समाचार

कारागारभित्रैबाट लागुऔषध कारोबारको धन्दा

कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सिन्धुली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले त्यहाँका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट लागुऔषध कारोबारमा संलग्न गराएको तथ्य फेला परेको हो । तत्काल सिन्धुली कारागारमा रहेका स्याङ्तान हाल रौतहट कारागार कार्यालयमा छन् । हाल उनलाई झिकाएर अनुसन्धान थालिएको श्रेष्ठले बताए । गुप्ता २०६८ सालमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले खैरो हेरोइन कारोबार मुद्दामा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको २०६९ सालको फैसलाबाट १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । हाल का...
लागुऔषध प्रयोगकर्ताको तथ्यांक संकलन गर्दै सरकार
स्वास्थ्य

लागुऔषध प्रयोगकर्ताको तथ्यांक संकलन गर्दै सरकार

नारायण ढुंगाना काठमाडौं : मूलुकमा सात वर्षपछि लागुऔषध प्रयोगकर्ताको अवस्थाबारे सरकारले अध्ययन गर्न लागेको छ। सरकारले यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको थियो। अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा नै प्रयोगकर्ताको अवस्था अध्ययन गर्ने उल्लेख थियो। 'अध्ययनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ, केन्द्रीय तथ्यांक विभाले पनि आवश्यक काम गरिरहेको छ, संयुक्त रुपमा योजना निर्माण भएपछि गणकहरु फिल्डमा खटाएर तथ्यांक लिन शुरु हुन्छ', गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका अधिकृत किरणचन्द्र सुवेदीले भने। उनले वास्तविक विवरण संकलन गरिएपछि न्यूनीकरणका लागि रणनीति बनाउन सहज हुने बताए। पाँच खण्डमा आवश्यक प्रश्नावलीहरू तयार भइसकेकाले मन्त्रालय खर्च र कार्यक्रमको योजना निर्माणको क्रममा रहेको छ। आन्तरिक तयारी सकिएलगत्तै गणकहरु फिल्डमा खटाइने जनाइएको छ। गृह मन्त्रालयले रु १५ लाख ...