Wednesday, April 17

Tag: ललितपुर

ललितपुरमा ४५ वर्षमाथिकालाई आजबाट भेरोसेल खोप
प्रमुख समाचार, स्वास्थ्य

ललितपुरमा ४५ वर्षमाथिकालाई आजबाट भेरोसेल खोप

स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्ने छन् । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, “आउँदो सोमबार अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप पनि लगाउने तयारी भइरहेको छ ।” यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ । महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि आजसम्म खोप उपलब्ध गराइएको छ । त्यसैगरी दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाम...
कसरी लाग्यो लुभूका एकै घरका १० जनामा कोरोना ?
समाचार

कसरी लाग्यो लुभूका एकै घरका १० जनामा कोरोना ?

ललितपुर, २९ असार : महालक्ष्मी नगरपालिका-८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने २ गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो । नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । सो फार्मेसीमा कार्यारत श्रेष्ठका २ छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोर्टसमेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन् । फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उ...