Sunday, July 21

Tag: लमजुङ दरबार

अपहेलित छ लमजुङ दरबार
समाचार

अपहेलित छ लमजुङ दरबार

 जनक श्रेष्ठ लमजुङ : सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ । यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हाल...