Sunday, July 21

Tag: लगानी सम्मेलन

लगानी सम्मेलनको प्रभाव : ३१ परियोजनामा २५ खर्बको प्रस्ताव   
समाचार

लगानी सम्मेलनको प्रभाव : ३१ परियोजनामा २५ खर्बको प्रस्ताव   

रमेश लम्साल     काठमाडौं : सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५ खर्ब बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा २६ वटा सम्मेलनमा क्रममा ‘शोकेश’ मा राखिएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो ।  लगानी बोर्डले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भन्नुभयो, “उत्साहजनक रुपमा प्रस्ताव आएका छन् । प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइन्छ ।”  सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५ आयोजनालाई ‘शोकेश’ मा राखेका थिए । शो केशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, ...
नेपाल लगानी सम्मेलन : १५ वटा परियोजनाको एमओयुमा हस्ताक्षर
प्रविधि, ब्रेकिङ, समाचार

नेपाल लगानी सम्मेलन : १५ वटा परियोजनाको एमओयुमा हस्ताक्षर

काठमाडौं : नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ। शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो। पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो। ९ सय मेघावट अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैकबाट ८ सय १२ दशमलब ६१ करोड , नबिल बैकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त हस्ताक्षर भएको छ। त्यसैगरी माथिल्लो त्रिशूली १ हाइड्रो पावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ। चीनको दुई कम्पनीले १ सय ६४ मेघावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरि सं...
केरुङ-काठमाडौं रेलको डिपिआरको टुंगो छ महिनाभित्र
जीवनशैली, प्रमुख समाचार

केरुङ-काठमाडौं रेलको डिपिआरको टुंगो छ महिनाभित्र

काठमाडौं : सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महिनाभित्रै केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुंगो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो रेलमार्गको विषयमा केही समयभित्रै आवश्यक तयारी पूरा हुने जानकारी दिए । उनले सो रेलमार्गको लागत हालको मूल्यका आधारमा रु तीन खर्ब बराबर हुने जानकारी दिँदै कुन आधारमा कसरी लगानी जुटाउने भन्ने बारेमा सरकारले शीघ्र निर्णय गर्नेसमेत बताए । विकासको प्रमुख आधारका रूपमा भौतिक पूर्वाधार र यातायात सञ्जाल नै रहेको उल्लेख गर्दै सरकारको प्रमुख प्राथमिकतामा समेत रेल, सडक रहेको उनले जानकारी गराए । नेपालले सुरुङमार...
पर्यटन उद्योगः सम्भावना र अवसरको केन्द्र
प्रमुख समाचार, ब्रेकिङ, शिक्षा

पर्यटन उद्योगः सम्भावना र अवसरको केन्द्र

रमेश लम्साल/सिवी अधिकारी काठमाडौं । ठूला जनसङ्ख्या भएका छिमेकी मुलुक भारत र चीनलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा विज्ञ तथा पर्यटन क्षेत्रका अगुवाले जोड दिएका छन् । दुई मुलुकको बढ्दो पर्यटन बजारबाट नेपालले भरपुर लाभ लिने गरी प्रवद्र्धनात्मक गतिविधि र गन्तव्य विस्तारमा समेत लगानी अभिवृद्धि गरिनुपर्ने उनीहरुको सुझाव छ । अनुपम प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता तथा पुरातात्विक सम्पदा र संस्कृतियुक्त नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य रहेकाले पनि यस क्षेत्रका विभिन्न क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा रहेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले प्राकृतिक सौन्दर्य, कला, संस्कृतिसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, पुरातात्विक महत्वका सम्पदा र क्षेत्र पर्यटक आकर्षण गर्ने महत्वपूर्ण आधार रहेको बताए । उनले राजधानीमा जारी लगानी...