Wednesday, April 17

Tag: लगानी

एउटै सडकमा तीन सरकारको लगानी
समाचार

एउटै सडकमा तीन सरकारको लगानी

दमौली : एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ। तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन्। दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले दुई करोड, सङ्घीय र प्रदेश सरकारले एक/एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन किलोमिटर खण्डमा कालोपत्रे गर्न काम शुरु भएको छ। उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर तीन तहको सरकारले विनियोजन गरेको रकमले कालोपत्रेको काम शुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए। दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा सङ्घीय सरकारले विनियोजन गरेको रु एक करोडबाट पक्की नाला निर्माण र करीब ८०० मिटर सडक कालोपत्रे शुरु भएको पण्डितले बताए। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ...
लगानी सम्मेलनको प्रभाव : ३१ परियोजनामा २५ खर्बको प्रस्ताव   
समाचार

लगानी सम्मेलनको प्रभाव : ३१ परियोजनामा २५ खर्बको प्रस्ताव   

रमेश लम्साल     काठमाडौं : सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५ खर्ब बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा २६ वटा सम्मेलनमा क्रममा ‘शोकेश’ मा राखिएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो ।  लगानी बोर्डले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भन्नुभयो, “उत्साहजनक रुपमा प्रस्ताव आएका छन् । प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइन्छ ।”  सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५ आयोजनालाई ‘शोकेश’ मा राखेका थिए । शो केशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, ...
नेपाल लगानी सम्मेलन : १५ वटा परियोजनाको एमओयुमा हस्ताक्षर
प्रविधि, ब्रेकिङ, समाचार

नेपाल लगानी सम्मेलन : १५ वटा परियोजनाको एमओयुमा हस्ताक्षर

काठमाडौं : नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ। शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो। पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो। ९ सय मेघावट अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैकबाट ८ सय १२ दशमलब ६१ करोड , नबिल बैकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त हस्ताक्षर भएको छ। त्यसैगरी माथिल्लो त्रिशूली १ हाइड्रो पावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ। चीनको दुई कम्पनीले १ सय ६४ मेघावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरि सं...
केरुङ-काठमाडौं रेलको डिपिआरको टुंगो छ महिनाभित्र
जीवनशैली, प्रमुख समाचार

केरुङ-काठमाडौं रेलको डिपिआरको टुंगो छ महिनाभित्र

काठमाडौं : सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महिनाभित्रै केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुंगो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो रेलमार्गको विषयमा केही समयभित्रै आवश्यक तयारी पूरा हुने जानकारी दिए । उनले सो रेलमार्गको लागत हालको मूल्यका आधारमा रु तीन खर्ब बराबर हुने जानकारी दिँदै कुन आधारमा कसरी लगानी जुटाउने भन्ने बारेमा सरकारले शीघ्र निर्णय गर्नेसमेत बताए । विकासको प्रमुख आधारका रूपमा भौतिक पूर्वाधार र यातायात सञ्जाल नै रहेको उल्लेख गर्दै सरकारको प्रमुख प्राथमिकतामा समेत रेल, सडक रहेको उनले जानकारी गराए । नेपालले सुरुङमार...
नेपाली र चिनियाँ व्यवसायीबीच ८ क्षेत्रमा सहकार्य गर्ने सहमति
प्रमुख समाचार, समाचार

नेपाली र चिनियाँ व्यवसायीबीच ८ क्षेत्रमा सहकार्य गर्ने सहमति

काठमाडौं : नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरूको उल्लेख्य सहभागितामा शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गरेर अघि बढने सहमति पत्रमा हस्ताक्षर गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट चीनको ग्वान्सु प्रान्तको वाणिज्य विभागका उपमहानिर्देशक ह्वाङ यिङलिङले  हस्ताक्षर गरेको सहमतिपत्रमा दुई मुलुकका व्यवसायीबीच कृषि, फेशन, सौन्दर्य, खाद्य उद्योग, जडीबुटी, औषधि, खेलकुद सामग्री, गहना लगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिए...