Tuesday, July 16

Tag: लकडाउन

४ महिना लामो लकडाउन अन्त्य : थाहा पाउनुहोस् कुन क्षेत्र खुले, कुन खुलेनन् ?
प्रमुख समाचार

४ महिना लामो लकडाउन अन्त्य : थाहा पाउनुहोस् कुन क्षेत्र खुले, कुन खुलेनन् ?

सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ । गत वर्ष ११ चैतबाट जारी भएको लकडाउन आज रातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए । लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए । सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरू, ट्युसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटिपार्लर स्वीमिङ पुललगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए । यद्यपि, विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम १ भदौबाट गर्न सकिने निर्णय भएको उनले बताए । सरकारले १५ साउनबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरू खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उनले ब...