Monday, February 26

Tag: रोल्पा

मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या
जीवनशैली

मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या

रोल्पा : “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए” रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिइन् । अलिक मन बलियो बनाउँदै उनले थपिन्, “पहिले त ब्यारेक नै आक्रमण भयो होला भनेर विश्वास नै गरिनँ, सबैले त्यही मात्र कुरा गर्न थालेपछि मेरो दिमागले काम नगरेजस्तो भयो, हातखट्टा काप्न थाले । त्यसपछि आफ्नो छेउमै भएको डेढ÷दुई वर्षका नानीबाबु हेरेर आफूले आफूलाई सम्हाल्ने कोसिस गरेँ ।” “त्यो दिन मेरो कालो दिन रहेछ, म २२ वर्षकी थिएँ, यति कलिलो उमेरमै श्रीमान् गुमाउनुजस्तो पीडा मलाई पर्छ भन्ने के थाहा, १३ वर्षकै उमेरमा लिवाङ आएँ, दुई वर्षसम्मको प्रेमपछि ...
अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै
शिक्षा

अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

उमा केसी रोल्पा । रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन । आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने ठाउँमा बसोबास गरे पनि दयनीय जीवन यापन गर्न बाध्य छन् । जिल्ला अस्पताल नजिकै घर भए पनि रोग लाग्दासमेत अस्पतालसम्म पुर्‍याउने न कुनै सहारा छ, न त अस्पतालको उपचारका लागि चाहिने पैसा नै । उनीहरू हातको संकेतबाट मात्र कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् । जाडो होस् या गर्मी एकसरो कपडामा रहन्छन् उनीहरू । सुत्नका लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहर...