Wednesday, February 21

Tag: रोजगारी पसल

बेरोजगारका लागि ‘रोजगारी पसल’
समाचार

बेरोजगारका लागि ‘रोजगारी पसल’

बाँके : बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरूको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने संघसंस्थासम्म पुर्‍याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष कामदारको माग सहज रुपमा पुर्‍याउन यसले मद्दत गर्ने बताए। प्रबन्ध निर्देशक गिरीले यस पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेका लागि पुलको काम गरिने जानकारी दिए । “हामीले रोजगारदाता संघसंस्थाको माग अनुसारका दक्ष  कामदार उत्पादन गरेर पठाउँछौँ”, उनले भने, “यसबाट विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै सीप सिकेर सीपअनुसारको जागिर खान वा आय...