Saturday, April 20

Tag: रेड कार्ड

फुटबलमा नयाँ नियम : खेलाडीतर्फ फर्केर खोके ‘रेड कार्ड’
खेलकुद, रोचक

फुटबलमा नयाँ नियम : खेलाडीतर्फ फर्केर खोके ‘रेड कार्ड’

फुटबल खेलका क्रममा कुनै पनि खेलाडीले जानाजान अन्य खेलाडीहरूतर्फ फर्केर खोकेमा रातो कार्ड दिइन सक्ने बेलायती फुटबलको नियामक निकाय फुटबल एसोसियन र फुटबलसम्बन्धी कानुन तर्जुमा गर्ने अन्तर्राष्ट्रिय संगठन- आईएफएबी ले बताएका छन् । खेल संचालनमा आबद्ध अधिकारीहरूतर्फ फर्केर खोकेमा पनि यो खेल मैदानबाट बाहिर पठाइनेछ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण यस्तो नयाँ नियम ल्याइएको हो । फुटबलमा गम्भीर प्रकारका गल्ती गर्ने खेलाडीहरुलाई रेड कार्ड दिइने गरिन्छ जसकारण ती खेलाडीले खेललाई निरन्तरता दिन पाउँदैनन् र उनी आबद्ध टोली १० खेलाडीमै सीमित रही खेल्नुपर्ने हुन्छ । अब खेलका दौरान कसैको नजिक गएर जानाजान खोक्ने कार्य अपमानजनक, गालीबेइज्जती वा अशिष्ट भाषा र इशाराहरू गर्ने गल्ती सरह मानिने पनि आईएफएबीले जनाएको छ। ती खेलाडीलाई साँच्चै नै खोकी आएको वा जानजान गरेको भन्ने निर्क्यौल गर्ने अधिका...