Sunday, July 21

Tag: रेडियो नेपाल

रेडियो नेपालले माग्यो ३९ कर्मचारी
प्रविधि, समाचार

रेडियो नेपालले माग्यो ३९ कर्मचारी

रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ । लोकसेवा आयोगको सहमतिमा रेडियो प्रसार सेवा विकास समितिले ३९ पदको स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । विज्ञापनअनुसार रेडियो नेपालले तीन जना इन्जिनियर, दुई प्रशासकीय अधिकृत, दुई लेखा अधिकृत माग गरेको छ। त्यस्तै, १-१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ। रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरेको छ। १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ। योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन्। यसबारे ...