Tuesday, July 16

Tag: रूस

रूसले जगायो आशा : २०२१ सम्ममा कोरोनाविरुद्ध खोपका लाखौँ मात्रा उत्पादन गर्ने
विश्व

रूसले जगायो आशा : २०२१ सम्ममा कोरोनाविरुद्ध खोपका लाखौँ मात्रा उत्पादन गर्ने

रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ । रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ । मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रूसले दावी गरेको छ । 'हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,' उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए । उनले थपे, 'हामी १ महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछौं । अर्को वर्षको सुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।' खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका ३ स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहर...