Wednesday, February 21

Tag: राहुल गान्धी

भाजपाका सांसद शत्रुघन कांग्रेस प्रवेश गर्ने तयारीमा
विश्व

भाजपाका सांसद शत्रुघन कांग्रेस प्रवेश गर्ने तयारीमा

नयाँ दिल्ली । कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन्। भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरूप उनीहरूका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ। आउदो अप्रिल ६ तारिखका दिन सिन्ह कांग्रेसमा प्रवेश गर्ने तय भएको कांग्रेस नेताहरूले जानकारी दिएका छन् । राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि कांग्रेस प्रवेश गर्न लागेको बताइएको छ। पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्वीकार गरेका छन् । उनी अहिले पनि भाजपाको सांसद हुन् । 'भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,' उनले भने । उन...