Monday, February 26

Tag: राष्ट्रिय याजना आयोग

नासु मृत्यु प्रकरण : ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’
जीवनशैली

नासु मृत्यु प्रकरण : ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’

नारायण ढुंगाना काठमाडौं : सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्यांकन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ। मंगलबार बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देखे। उनले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो।  “बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र आफन्तलाई समेत हामीले खबर गरेका हौँ, प्रहरीले आएर हेर्दा केसी मृत भेटिनुभएको हो”, आयोगका प्रवक्ता डा किरण रुपाखेतीले भने। कीर्तिपुर नगरपालिका–६ टौदह घर भएका केसीको शव नजिकै विषादीको सानो बट्टासमेत भेटिएको थियो। उक्त बट्टा बालीमा हाल्ने कीटनाशक विषादीको रहेको प्रहरीले जनाएको छ। नजिकै केराको बोक्रासमेत फेला परेको थियो। शुरुमा कर्मचारीले मदिरा पिएर ढलेको भन्ने अनुमान गरेका थिए। सर्ट खोलेको अवस्थामा घटनाको प्रकृति अस्वभाविक देखिएपछि तल्कालै प्रह...