Wednesday, April 17

Tag: राष्ट्रिय खेलकुल

आठौँ राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक, रेकर्ड ब्रेक गर्ने खेलाडीलाई थप २५ हजार
समाचार

आठौँ राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक, रेकर्ड ब्रेक गर्ने खेलाडीलाई थप २५ हजार

काठमाडौं : आठौँ राष्ट्रिय खेलकुल प्रतियोगिता २०७६ बैशाख ५ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गरि वृहत राष्ट्रिय खेलकुदको आठौँ संस्करण २०७६ वैशाख ५ गतेदेखि संञ्चालन हुने जनाएको हो। तर, खेलकुद प्रतियोगितामा समावेश ३५ खेलमध्ये कतिपय खेलहरू चैत २७ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ। प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा हुनेछन्। ३५ खेलका लागि ७ सय ९३ स्वर्ण, ७ सय ९३ रजत र १ हजार १ सय २ कास्य पदकका लागि खेल हुनेछन्। प्रदेश ५ मा हुने भनिएको प्रतियोगिताको समय तालिका सार्वजनिक भए पनि पूर्वाधारको काम अझै पनि सम्पन्न हुन सकेको छैन। सदस्य सचिव विष्टले नियमित कामको तालिकालाई बढाएर भएपनि खेल सुरु हुनुपूर्व नै पूर्वाधार निर्माणको काम सम्पन्न गरिने भन्दै पूर्वाधारको अभावमा खेल प्रभावित नहुने दाब...