Sunday, July 21

Tag: राष्ट्रिय खेलकुद

धेरै पदक जितेर देशको नाम राख्ने धोको    
खेलकुद

धेरै पदक जितेर देशको नाम राख्ने धोको    

निरा गौतम     रुपन्देही : सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी छन् । यसअघि भारतको पुनामा भएको प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले अहिले पनि नतिजा दोहोर्‍याउने उद्देश्यका साथ करातेको अभ्यासमा लागिपरेकी छन् ।  “हाम्रो प्रशिक्षण उत्कृष्ट छ”, राना भन्छिन्, “धेरै पदक जितेर देशको नाम राख्छौँ ।” प्रतियोगितामा रानाले नेपालका तर्फबाट १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । कराते खेलाडी शाहिल गुरुङलाई पनि यतिबेला भ्याइनभ्याई छ । प्रतियोगितामा स्वर्ण पदक हात पार्नका लागि उनले दिनरात मिहिनेत गरिरहेका छन् । “मैले जित्दा देशले जित्छ, त्यसैले धेरै मिहिनेत गरेको छु,” उनी भन्छन्, “जित्न सकैँ भने मेरो उद्देश्य पूरा हुनेछ ।” शाहीले १४ वर्...
ब्रेकिङ, समाचार

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख पहिलो हप्ता

काठमाडौं : ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आगामी बैंशाख ५ गतेदेखि ११ गतेसम्म संचालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो। युवा तथा खेलकुद मन्त्री एवं परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाडौंमा बसेको परिषद बैठकले नेपालगंजमा आयोजना हुने सो खेलकुद प्रतियोगिताको आवश्यक व्यवस्था मिलाउन विभिन्न उपसमितिहरू पनि बनाएको छ। मौसम, पूर्वाधार, खेलाडीहरूको परीक्षालाई समेत ध्यानमा राखेर सो प्रतियोगिताको मिति तय गरिएको परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए। परिषद बैठकले सो प्रतियोगिता सम्पन्न भएको एक हप्तापछिबाटै दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक व्यवस्थापनको कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ। बैठकमा बोल्दै परिषदका अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्री विश्वकर्माले सो ख...