Tuesday, July 16

Tag: राजपा

राजपामा रडाको   
समाचार

राजपामा रडाको   

सिबी अधिकारी     काठमाडौं : फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी संगठन सुदृढीकरणको अभियानमा लागेको छ। दुई वर्ष अघि (विसं २०७४ वैशाख ८ गते) पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ। पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले रडाको मच्चिएको छ। संविधान संशोधनलगायत मुद्दामा संघर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै बरु सरकारमा सामेल भएर पनि टिकेन। नेतृत्वको महत्वकांक्षी र परिपक्क एजेण्डाको अभावमा राजपा रुमलिन पुग्यो। दुई वर्षको अवधिमा पार्टी जहाँको त्यही रह्यो। पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे। पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न ...