Wednesday, February 21

Tag: रवीन्द्र पाण्डे

संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे
जीवनशैली

संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे

ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीव्र भए पनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ | यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ | रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला | जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन | परीक्षण गरेपछि रिपोर्टअनुसार उपचार हुन्छ | ओमिक्रोन घाँटीमा रहने, त्यही रेप्लिकेसन हुने तथा त्यहीँ नष्ट हुने प्रजाति हो | न्यून रूपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ | लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ | संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो | सरकारसँग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडा-वडामा निःशुल्क पिसिआर टेस्ट हुन्थ्यो | निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो | यति ठूल...
लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे
प्रमुख समाचार, समाचार

लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे

कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ | महामारीको कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ | आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ | कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ | हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन | हरेक समस्याको समाधान हुन्छ | समाधान रुखबाट झर्दैन | यसको लागि मनैदेखि लाग्नुपर्दछ | सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने / गर्ने गर्थ्यौं | १ बर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौं | नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही र सरकारको मापदण्ड पालना गराउ...