Thursday, May 23

Tag: रक्तचाप

गर्भावस्थामा कति र के खाने ?
जीवनशैली, शिक्षा

गर्भावस्थामा कति र के खाने ?

गर्भावस्थामा कति खानेकुरा खाने भन्ने कुरा अधिकांश महिलालाई थाहा हुँदैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गरेको सर्वेक्षणको नतिजाले यही कुरालाई औंल्याउँछ । सर्वेक्षणमा आमा बन्ने महिलामध्ये एक तिहाइलाई मात्रै यस प्रश्नको सही जवाफ थाहा भएको पाइएको छ । बेलायतको स्वास्थ्य अनुगमन एजेन्सी ‘नाइस’को सल्लाहअनुसार महिलालाई गर्भावस्थाको पहिलो छ महिनामा अतिरिक्त क्यालोरीको आवश्यकता पर्दैन । तर, गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । जैतुनको तेलमा पकाएको दुई रोटीमा यति क्यालोरी पाइन्छ । गर्भमा रहेको बच्चाको लागि... नेसनल च्यारिटी पार्टनरसिपले गर्भवती महिलाले आफ्नो खानेकुराको बारेमा जानकारी नपाएको बताएको छ । सर्वेक्षणमा भाग लिने २ हजार १०० महिलामध्ये एक तिहाइले गर्भावस्थामा प्रतिदिन ३०० क्यालोरी वा सोभन्दा बढी उपभोग गर्नुपर्छ भन्ने विश्वास गरेका थिए ।...