Thursday, April 18

Tag: योगा

व्यवसायमा सफल हुने योगगुरु रामदेवका ५ टिप्स
शिक्षा

व्यवसायमा सफल हुने योगगुरु रामदेवका ५ टिप्स

सबैको चासो विषय हुन्छ आफूले गरिरेको व्यापार, व्यवसायमा सफलता प्राप्त कसरी गर्न सकिन्छ भन्ने। व्यापार, व्यवसाय, सानोतिनो उद्योगमा सफलता कसरी पाउने? यसका लागि योग गुरु बाबा रामदेवले केही टिप्स दिएका छन्। योग गुरु रामदेवले पताञ्जलीका उत्पादनहरुलाई कसरी बजारमा स्थापित गरे र उपभोक्ताको मन जित्न सफल भए भन्ने आधारमा सक्सेस टिप्स दिएका हुन्। १. अवसर जहाँ पनि छ कुनै पनि काम गर्नका लागि हामी उपयुक्त अवसर खोजिरहेका हुन्छौँ। कुनै पनि काम गर्नका लागि वा कुनै पनि उत्पादन पस्कनका लागि जहिले पनि अवसरले पर्खेर बस्नु नपर्ने बाबा रामदेव बताउँछन्। उनी आफ्ना उत्पादनहरू बजारमा ल्याउँदाको उदाहरण प्रस्तुत गर्दै भन्छन्, 'मैले पताञ्जलीको सामग्री बजारमा ल्याउनुअघि अनेकौ कम्पनीका एक से एक उत्पादनहरु थिए। त्यसले राम्रै बजार पनि कब्जा गरिरहेको थियो। उपभोत्ताले पत्याएका थिए। तर, यसको बावजुद पताञ्जलीलाई हामीले बजारमा उता...
आफैँभित्रको खुशी खोज्न योग
प्रमुख समाचार

आफैँभित्रको खुशी खोज्न योग

काठमाडौं : ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ । ‘योगस्थः कुरु कर्माणि’ अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ । संस्कृत भाषामा योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । मानिस दुःखमा बाँचिरहेको हुन्छ । कसरी सुखी खुशी हुने भन्ने खोजीमा हुन्छ । खुशीको स्रोत आफैँभित्र हुन्छ । त्यहाँ सम्पर्क गर्ने अथवा जोडिने अभ्यासलाई नै योग भनिन्छ । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायतका सकारात्मक गुणको विकास हुन्छ । संयुक्त राष्ट्रसङ्घले सन्...
योग अभ्यासले महिलामा यौन इच्छाशक्ति बढाउने
शिक्षा

योग अभ्यासले महिलामा यौन इच्छाशक्ति बढाउने

योग अभ्यास र माइण्डफुलनेस गर्ने महिलामा यौन इच्छाशक्ति वढी हुने तथ्य पत्ता लागेको छ । भर्खरै भएको एक अध्ययनबाट पत्ता लागेको छ कि जो माइण्डफुलनेस र योग अभ्यास गर्छन् उनीहरुको यौन जीवन ज्यादा आनन्ददायक हुने बताएको छ । आध्यातमिकताले युवाको यौन जीवनमा विशेषगरी युवतीमा ज्यादा प्रभाव राख्ने अध्ययनले बताएको छ । आध्यात्मिकतासँगै धर्म, आवेग र रक्सी सेवनले पनि प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ । अध्ययनकर्ता टोलीका समस्य केटकी विश्वविद्यालयकी जेसिक बुरिसका अनुसार आध्यात्मिक र धार्मिक कुराहरूले हाम्रो दैनिक जीवनका हरेक कुरामा प्रभाव पारे जस्तै यौन जीवनमा पनि प्रभाव पार्ने गर्छन् । स्प्रिचुवल ट्रान्स्केडेन्स स्केल नामक अध्ययनको अनुसार आधात्मिक व्यक्तिहरूमा कामउत्तेजना र यौनसम्पर्कको समय ईच्छाशक्तिमा सुधार आउँछ । यो अध्ययन अपरिपक्क ३५३ युवामा गरिएको थियो जसमध्य ६१ प्रतिशत महिला थिए । पुरुषहरू यौनलाई ...
यसरी बढाउनुहोस स्मरण शक्ति
शिक्षा

यसरी बढाउनुहोस स्मरण शक्ति

पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षा हलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरासमेत परीक्षा हलभित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ। चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ। यहीँ भुल्ने बानीले होला परीक्षामा शत प्रतिशत नतिजा आउँदैन। स्मरण शक्ति बढाउने भन्दै मानिसले विभिन्न खाले उपाय अपनाउँछन् र विभिन्न खालका औषधि खान पनि पछि पर्दैनन्।  तर यस्ता औषधि उतिसारो प्रभावकारी हुँदैनन्। परीक्षाहलमा छिरेपछि पढेको कुरा बिर्सिने वा लेख्न नसक्ने समस्या हटाउन योगाको सहयोग लिनु उपयुक्त हुने योग विशेषज्ञहरूको भनाइ छ । विधि : पैताला जोडेर सिधा उभिनुहोस् । एक हातलाई सिधा अगाडि लग्नुहोस् भने अर्कोलाई सिधा तल झार्नुहोस् । त्यसपछि सबै ध्यान मस्तिष्कमा केन्द्रित गर्नुहोस् । दश पटक लामो सास लिनुहोस् । र छाड...