Tuesday, July 16

Tag: यानीमाया

‘यानीमाया’ जोगाउँदै वृद्धा   
मनाेरञ्जन

‘यानीमाया’ जोगाउँदै वृद्धा   

रामबहादुर थापा   बागलुङ : ‘गड्याङगुडुङ् गर्दै आयो यानुमाया रामरसी खोला जुग, समय फिर्दै आयो यानीमाया कस्तो हुने होला...।’ (मनी श्रीस, ८४) मनी श्रीस ८४ वर्षको हुनुभयो । बुढ्यौलीमा पनि श्रीसको गीत मोह ज्यूँका त्यूँ छ । तन्नेरीमाझैँ सुरिलो गला, अनुहारको हाउभाउ पनि उस्तै जीवन्त । काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेकी श्रीसको यानीमायासँग पुरानो साइनो छ । यानीमाया धवलागिरि क्षेत्रको मौलिक भाखा हो । विगत सम्झदैँ श्रीस भन्नुहुन्छ, “मेलापात र वनपाखा जाँदा यानीमाया गाउँथ्यौँ, गीतबाट दुखः,सुख, पीर, बेदना साट्थ्यौँ ।” घरमाथिको वनपाखा देखाउँदै श्रीसले आफू ११ वर्षको हुँदा देखिनै घाँस, दाउरा गर्दा यानीमाया गाएको सुनाउनुभयो । श्रीस तन्नेरी छँदा गाउँमा यानीमाया गाउने धेरै थिए । पुरुष र महिलाबीच समूहमा घण्टौँसम्म गीत गाउने, रोधी बस्ने चलन थियो । तर, अहिले समय फेरिएको छ । मौलिक लोकगीत हराउँदै जान थालेका छन...