Wednesday, April 17

Tag: मौद्रिक नीति

मौद्रिक नीति : कोरोना प्रभावित क्षेत्रको पुरुत्थानका लागि के छ व्यवस्था ?
अर्थ, समाचार

मौद्रिक नीति : कोरोना प्रभावित क्षेत्रको पुरुत्थानका लागि के छ व्यवस्था ?

काठमाडौं, कोभिड–१९ महामारीबाट प्रभावित क्षेत्रहरूको पुनरुत्थान गर्दै अर्थतन्त्र विस्तारमा सहयोग पुर्‌याउने प्रमुख ध्येयका साथ चालु आर्थिक वर्षको मौद्रिक नीतिले आफ्नो कार्यदिशा तय गरेको छ । मौद्रिक सहजीकरण गर्नुपर्ने र आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न कसिलो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने अवस्थाबीच तालमेल मिलाई मौद्रिक नीतिको सन्तुलित कार्यदिशा अवलम्बन गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।        यस्तै, मूल्य तथा वाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने दबाबतर्फ सजग रहँदै मौद्रिक नीतिको अङ्कुशको रूपमा रहेको विद्यमान स्थिर विनिमयदर पद्धतिलाई कायम राख्दै समष्टिगत आर्थिक स्थितिका आधारमा मौद्रिक व्यवस्थापन गरिने भएको छ ।        वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाउँदै उपलब्ध वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता विकास र दिगो तथा समावेशी आर्थिक विकास ...