स्मार्ट फोन किन्दा के कुरामा ध्यान दिने?
तपाईं स्मार्ट फोन किन्दै हुनुहुन्छ ? स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस् । नयाँ स्मार्ट फोन किन्दा विशेषगरी स्क्रिन तथा डिस्पे (रिजोलुसन), ब्याट्री, प्रोसेसर, र्याम, स्क्रिन क्वालिटीलगायतका विषयमा ध्यान दिनु जरुरी हुन्छ । त्यस्तै अलि चलेको कम्पनी रोज्नुपर्छ, ताकि फोनमा समस्या आएमा ग्राहक सेवा तुरुन्त पाइयोस् ।
आवश्यकता के हो ?
तपाईंको आवश्यकता के हो ? यकिन गरेर मात्र कुन ब्राण्ड र मोडेलको स्मार्ट फोन किन्ने हो निधो गर्नुहोस् । आफ्नो बजेट र आवश्यकताबमोजिमको स्मार्ट फोन किन्नु होस्, अरूले कस्तो मोबाइल बोकेका छन् भन्नुभन्दा पनि तपाईंको स्मार्ट फोन के कामका लागि हो, सोबमोजिम ब्राण्ड र मोडेल राज्नुहोस् ।
स्क्रिन रिजोलुसनः
स्मार्ट फोन किन्दा स्क्रिन रिजोलुसनमा ध्यान दिनुहोस् । बजारमा उच्च गुणस्तर 720x1280 HDƒ1920x1080 Full HD रिजोलुसनसम्मका स्मार्ट फोन उपलब्ध छन् । स्क्रिन रिजोलुसन छान...