Saturday, April 20

Tag: मेलमिलाप आयोग

मेलमिलाप आयोगको चारवर्षे काम : देखिएन परिणाम   
समाचार

मेलमिलाप आयोगको चारवर्षे काम : देखिएन परिणाम   

कालिका खड्का काठमाडौं : दशवर्षे सशस्त्र द्वन्द्वका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले चार वर्ष दुई महीनामा पनि काम पूरा गर्न सकेनन्। सत्य निरुपण तथा मेलमिलाप आयोगले दुई वर्षमा उजुरी आह्वान र उजुरी संकलन गर्ने काम गर्यो। सातै प्रदेशका मुकामसमेत खडा गरी उजुरीका बारेमा अध्ययन शुरु गरेको थियो तर थपिएको दुई वर्षमा उल्लेखनीय केही काम हुन सकेन। आयोगका पदाधिकारीबीच आन्तरिक विवादमै समय बित्यो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मेलमिलाप आयोगको तुलनामा काम गरेको छ। सो आयोगका पदाधिकारीले कामको बाँडफाँट गरेर म्याद अवधिभर काम गरेका छन्। आयोगले ६४ जिल्लाको विस्तृत अध्ययनको काम पनि पूरा गरेको छ। दुई आयोगमा आ–आफ्नो आन्तरिक समस्या भए पनि आयोगले काम गर्ने प्रयास गर्दै नगरेको भने होइन। आयोगलाई समयमा स्रोतसाधन र कानून संशोधन गर्ने काम गरे...