Wednesday, February 21

Tag: मुस्ताङ

चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म
शिक्षा

चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

पोखरा ।  नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो । विशेषतः चैतको अन्तिमतिर दुई/चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न भूभागबाट आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी एवं होटल एशियाका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो । नजिकिँदै गरेको नयाँ वर्षलाई लक्षित गरी पोखरामा होटल अग्रिम बुकिङ गर्ने क्रम पनि शुरु भएको उहाँले जानकारी दिनुभयो । पोखरा आउने पर्यटक प्रेमप्रकाश मल्लको ‘माछापुच्छ«े फेवातालमा पौडी खेल्दोरैछ, पोखरा त साँच्चिको नै पोखरा पो रैछ’ गीतमा भने जस्तै माछापुच्छ«ेले डुबुल्की मारेको फेवातालसहित यहाँका ...