मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै
सञ्जीत कुमार मण्डल
जलेश्वर : उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरूको दिनचर्या नै हो। मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन्। सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन्।
यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ। काम गर्न नमान्नु, तास, जुवा, रक्सीमा मात्नु र श्रीमतीलाई पिट्नु पनि यहाँका पुरुषहरूको दिनचर्या नै हो।
शिक्षाको उज्यालो घामले नछोएको यस बस्तीका व्यक्तिहरू छोराछोरी पढाउने चाहना नै राख्दैनन्। आफ्ना छोराछोरीलाई विद्यालयबाट टाढै राख्न चाहन्छन्। बालबालिकालाई पढाउनुको साटो उनीहरूका लागि गाई, बाख्रा, सुँगुर, बँगुर किनिदिने र त्यसको हेरचाहमा लगाएर २/४ पैसा आर्जन गर्न लगाउने कामलाई उनीहर...