Saturday, April 20

Tag: मिशेल लायन्स

आफ्नै अगाडि ३०० जनाको मृत्युदण्ड देखेकी महिला
प्रमुख समाचार, विश्व, साहित्य

आफ्नै अगाडि ३०० जनाको मृत्युदण्ड देखेकी महिला

अमेरिकाका अन्य राज्यको तुलनामा टेक्ससमा धेरै मानिसहरूलार्इ मृत्युदण्डको सयाज दिएको छ। उनीहरूमध्ये सयौँ मृतककी एक्ली प्रमाण हुन् कर्मचारी मिशेल लायन्स। उनका आँखाकै अगाडि कयौँ मानिसहरूलार्इ फाँसीको सजाय दिइयो। र उनीमाथि यसको गहिरो असर पर्‍यो। उनले १२ वर्षसम्म मृत्युको सिलसिला देखिन्। पहिला उनले यी सबै घटनालार्इ पत्रकारले गर्ने रिपोर्टिङका तरिकाबाट हेर्थिन्, पछि उनी टेक्ससको आपराधिक न्याय विभागकी प्रवक्ता बनिन्। त्यसपछि मृत्युदण्ड दिएको हेर्ने उनको जागिर थियो। सन् २००० देखि  २०१२ का बीचमा मिशेलले करिव ३०० मानिसहरू मारिँदै गरेको र हिंस्रक जिन्दगीहरू चिर निद्रामा निदाउँदै गरेको देखिन्। २२ वर्षको उमेरमा देखिन् पहिलो फाँसी कसैलाई फाँसीमा चढ्उँदै गरेको पहिलो पटक तब देखिन् जब उनी २२ वर्षकी थिइन्। पहिलो पटक उनले जुवियर क्रुजलार्इ मर्दै गरेको देखेपछि अखबारमा लेखिन्, ‘मलार्इ यसले केही अफ्ठ्यारो पारेन।...