Friday, February 23

Tag: मासिक भत्ता

क्यान्सरपीडितलाई मासिक भत्ता दिने तयारी
समाचार

क्यान्सरपीडितलाई मासिक भत्ता दिने तयारी

प्रदेश–२ सरकारले क्यान्सरपीडितहरूलाई मासिक भत्ता दिने तयारी गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरपीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका हुन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताए । 'क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन्', मुख्यमन्त्री राउले भने, 'अब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।' लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले स्थापना गरेको ...