Sunday, July 21

Tag: मायालु डाँडा

‘मायालु डाँडा’को मनमोहकता   
प्रमुख समाचार

‘मायालु डाँडा’को मनमोहकता   

जमुनावर्षा शर्मा     बेनी : बेनी नगरपालिका वडा नं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै रहेको ‘खाराको डाँडो’ अहिले ‘मायालु डाँडा’ नामबाट परिचित भएको छ । बेनी बजारदेखि झण्डै आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने रमणीय लभ्ली हिलमा अहिले दिनहुँजसो आन्तरिक पर्यटकको घुइँचो देख्न सकिन्छ । कालीगण्डकी र म्याग्दीखोलाको दोभानका बीचमा रहेको सुन्दर बेनीबजार र आसपासका रमणीयस्थलको अवलोकन गर्न पर्यटक उक्त डाँडामा पुग्ने गरेका छन् । सिरसिर चल्ने हावासँगै मनमोहक दृष्यलाई सेल्फीमार्फत कैद गर्न उक्त स्थानमा युवकयुवती लालायित देखिन्छन् । ‘आहा क्या सुन्दर दृश्य’ लभ्ली हिलमा सेल्फीसँगै रमाउँदै गरेकी बागलुङकी २२ वर्षीया सरला शर्माले लभ्ली हिलको सौन्दर्यमा रमाउँदै भनिन्, 'बेनी बजार र आसपासका दृश्य सहज हेर्न बेनी आएपछि पुग्नैपर...