Friday, February 23

Tag: मानसिक स्वास्थ्य

पढेको कुरा सजिलै याद राख्ने १० सूत्र
शिक्षा

पढेको कुरा सजिलै याद राख्ने १० सूत्र

१ : अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहोर्‍याउँदा सम्झन सजिलो हुन्छ । २ : आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधी सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न । ३ : लेख्ने पूर्वाभ्यास पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटी अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ । ४ : सर्टकट बनाएर पढ्ने कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशा...
यसरी बढाउनुहोस स्मरण शक्ति
शिक्षा

यसरी बढाउनुहोस स्मरण शक्ति

पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षा हलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरासमेत परीक्षा हलभित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ। चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ। यहीँ भुल्ने बानीले होला परीक्षामा शत प्रतिशत नतिजा आउँदैन। स्मरण शक्ति बढाउने भन्दै मानिसले विभिन्न खाले उपाय अपनाउँछन् र विभिन्न खालका औषधि खान पनि पछि पर्दैनन्।  तर यस्ता औषधि उतिसारो प्रभावकारी हुँदैनन्। परीक्षाहलमा छिरेपछि पढेको कुरा बिर्सिने वा लेख्न नसक्ने समस्या हटाउन योगाको सहयोग लिनु उपयुक्त हुने योग विशेषज्ञहरूको भनाइ छ । विधि : पैताला जोडेर सिधा उभिनुहोस् । एक हातलाई सिधा अगाडि लग्नुहोस् भने अर्कोलाई सिधा तल झार्नुहोस् । त्यसपछि सबै ध्यान मस्तिष्कमा केन्द्रित गर्नुहोस् । दश पटक लामो सास लिनुहोस् । र छाड...
मानसिक समस्या घटाउन विज्ञले दिए यस्तो सुझाव
स्वास्थ्य

मानसिक समस्या घटाउन विज्ञले दिए यस्तो सुझाव

काठमाडौं : मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरूले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौंमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरूले यस्तो बताएका हुन् । मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्र ठगुन्नाले मानसिक समस्याबाट प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको औँल्याए । अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति ...