Wednesday, April 17

Tag: मानव भ्रूण

इन्डियानाका पूर्वचिकित्सकको घरमा २ हजार बढी मानव भ्रूणका अवशेष भेटिए   
विश्व

इन्डियानाका पूर्वचिकित्सकको घरमा २ हजार बढी मानव भ्रूणका अवशेष भेटिए   

जोलियाट : अमेरिकाको इन्डियाना राज्यका पूर्वचिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रूणका अवशेष फेला परेको अधिकारीले बताएका छन्। गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रूणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ। डा. उल्‍रिच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ। विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको छ। डा. उल्रीचको परिवारले भ्रूणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो। प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रूण भेटिएको जनाएको छ। तर, मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ छ। प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ। डा क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत...