Wednesday, April 17

Tag: मानवअधिकार

पत्याउनु हुन्छ ! शिक्षित नै हुन्छन् बेचबिखनको शिकार
प्रमुख समाचार, प्रविधि, रोचक, शिक्षा

पत्याउनु हुन्छ ! शिक्षित नै हुन्छन् बेचबिखनको शिकार

कालिका खड्का काठमाडौं : तपाईं पत्याउनु हुन्छ छोटो समयमा धेरै पैसा कमाउने मोहले पढेलेखेका र आफैँ पैसा खर्च गरेर विदेश गएका कैयौँ कष्टकर जीवन भोगिरहेका छन् ? अनपढ हुँदाहुँदै र लहैलहैमा लागेर वैदेशिक रोजगारीमा गई दुःख पाएको कथा/व्यथा त सुनिँदै आएको छ तर अहिले पढेका/बुझेका व्यक्ति आफैँ पैसा खर्च गरेर विदेशमा गई अलपत्र पर्ने गरेको तथ्य बाहिर आएको छ । कामका सिलसिलाका पहिला कुवेत, कतारलगायत तेस्रो मुलुकका देशमा नेपाली युवकयुवती बेचबिखनमा पर्ने गरेका थिए तर अहिले बेचबिखनको गन्तव्य परिवर्तन भएको छ । अहिले पोल्याण्ड, पोर्चुगल, ग्रीस, दक्षिण अफ्रिकालगायत देशमा बेचबिखनमा पर्ने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पछिल्लो समयमा पढेलेखेका र पैसा भएका मानिस नै पढ्ने वा धेरै पैसा कमाउने चाहनामा बेचबिखनमा पर्ने गरेको सुनाइन् । ‘पहिले पैसा कमाउने आशामा बेचबिखनमा पर्थे तर अह...