Sunday, July 21

Tag: महेश बाबु

साउथ सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण
मनाेरञ्जन

साउथ सुपरस्टार महेश बाबुलाई कोरोना संक्रमण

दक्षिण भारतीय चलचित्रका सुपरस्टार महेश बाबुलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । महेश बाबुले एक पोस्ट सामाजिक सञ्जालमा सेयर गर्दै यसबारेमा जानकारी दिएका हुन् । उनले सम्पूर्ण सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण देखिएको बताएका छन् । उनले आफूमा सामान्य लक्षण देखिएको उल्लेख गरेका छन् । उनले अहिले होम आइसोलेसनमा रहेका छन् । उनले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । 'म सेल्फ क्वारेन्टाइनमा रहेको छु र सबै मेडिकल गाइडलाइन्स पालना गरिरहेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न अनुरोध गर्दछु । म खोप नलागेकाहरूलाई पनि छिट्टै खोप लगाइदिनु हुन अनुरोध गर्दछु' उनले भनेका छन् । उनले कोरोना संक्रमणबारे जारी नियमहरू नियम पालना गर्दै सुरक्षित हुन आग्रह गरेका छन् । महेशको परिवारको कोभिड–१९ परीक्षणको रिपोर्ट आउन बाँकी छ । हालै महेश बाबुकी श्रीमत...