Wednesday, February 21

Tag: महिला

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी
स्वास्थ्य

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियौं । यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भनिन्, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ।’ मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो । यसको आधारमा मस्तिष्कले काम गर्छ । खानाबाट प्राप्त हुने ग्लुकोज अक्सिजनमा मिसिएर शरीरका अन्य भागमा जान्छ र यही अक्सिजन र ग्लुकोजको सहयोगले हाम्रो मस्तिष्कले काम गर्छ । यही शक्तिको कारण मस्तिष्क सक्रिय बन्छ र स्वस्थ रहन्छ ।...
योग अभ्यासले महिलामा यौन इच्छाशक्ति बढाउने
शिक्षा

योग अभ्यासले महिलामा यौन इच्छाशक्ति बढाउने

योग अभ्यास र माइण्डफुलनेस गर्ने महिलामा यौन इच्छाशक्ति वढी हुने तथ्य पत्ता लागेको छ । भर्खरै भएको एक अध्ययनबाट पत्ता लागेको छ कि जो माइण्डफुलनेस र योग अभ्यास गर्छन् उनीहरुको यौन जीवन ज्यादा आनन्ददायक हुने बताएको छ । आध्यातमिकताले युवाको यौन जीवनमा विशेषगरी युवतीमा ज्यादा प्रभाव राख्ने अध्ययनले बताएको छ । आध्यात्मिकतासँगै धर्म, आवेग र रक्सी सेवनले पनि प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ । अध्ययनकर्ता टोलीका समस्य केटकी विश्वविद्यालयकी जेसिक बुरिसका अनुसार आध्यात्मिक र धार्मिक कुराहरूले हाम्रो दैनिक जीवनका हरेक कुरामा प्रभाव पारे जस्तै यौन जीवनमा पनि प्रभाव पार्ने गर्छन् । स्प्रिचुवल ट्रान्स्केडेन्स स्केल नामक अध्ययनको अनुसार आधात्मिक व्यक्तिहरूमा कामउत्तेजना र यौनसम्पर्कको समय ईच्छाशक्तिमा सुधार आउँछ । यो अध्ययन अपरिपक्क ३५३ युवामा गरिएको थियो जसमध्य ६१ प्रतिशत महिला थिए । पुरुषहरू यौनलाई ...