Wednesday, February 21

Tag: महावाणिज्यदूत

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउँछौँ : नवनियुक्त महावाणिज्यदूत
प्रविधि

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउँछौँ : नवनियुक्त महावाणिज्यदूत

काठमाडौं : नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूले लघु, घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन्। स्थानीयस्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरूले बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूसँगको स्वागत तथा भेटघाटमा उनीहरूले आफूहरूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुको बजारीकरणमा सघाउने बताएका हुन्। नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगको योगदानलाई बिर्सन नहुने...