Wednesday, April 17

Tag: महाभोज

लाशमाथिको ‘महाभोज’
प्रमुख समाचार

लाशमाथिको ‘महाभोज’

नवीन पौडेल काठमाडौं : ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ । भारतको लोकसभा र विधानसभाको उपनिर्वाचनको समय, दलित युवाको हत्या र सोही शव (लाश) मा हुने राजनीतिको अवस्था बोकेको उपन्यास महाभोजको नाट्य रुपान्तरण पनि मन्नुले नै गर्नुभएको थियो । सोही उपन्यासलाई कवि विप्लव ‘प्रतीक’ले नेपालीमा नाट्य रुपान्तरण गरेका छन् । मण्डला थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक कताकता नेपालको वर्तमान घटनापरिघटनासँग पनि मिल्दोजुल्दो देखिन्छ । सीतापुर गाउँको कथा बोलेको...