Wednesday, February 21

Tag: मसला

सक्कली र नक्कली मसला छुट्ट्याउन सकेन संसदीय समितिले   
समाचार

सक्कली र नक्कली मसला छुट्ट्याउन सकेन संसदीय समितिले   

अशोक घिमिरे     बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेन । नक्कली मसलाको टुङ्गो लगाएर सम्बन्धित निकायलाई कारवाहीको निर्देशन दिन आज बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकले सक्कली र नक्कली मसालको भेउ पाउन नसकेपछि समितिनै अलमलमा परेको छ । सक्कली मसला पहिचान गर्ने र नक्कली मसलाको आयातकर्तालाई कारवाही गर्ने उद्देश्यले समितिको बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, उद्योग सचिव, भन्सार विभागका महानिर्देशकलाई बोलाइएको थियो । बिएमसीको नाममा भेटिएको दुई मसलाको प्याकेट झण्डै दुरुस्तै थियो । मसलामा प्रयोग भएका तत्वका नाम एउटै र परिणाम एकै थिए । प्याकेट भने झट्ट हेर्दा उ...