Tuesday, July 16

Tag: मर्सिडिज बेन्ज

अक्षय कुमारसँग छन् यी लक्जरी कार
मनाेरञ्जन

अक्षय कुमारसँग छन् यी लक्जरी कार

बलिउडका दिग्गज अभिनेता अक्षय कुमारसँग करोडौं रुपैयाँको सम्पत्ति छ । एक रिपोर्टका अनुसार अक्षय कुमारसँग २०५० करोडभन्दा बढीको सम्पत्ति छ । 'खिलाड़ियों के खिलाडी' र 'अक्की' को नामले चर्चित अभिनेता अक्षय कुमारसँग धेरै लक्जरी कारहरू पनि छन् । रिपोर्टका अनुसार उनीसँग ११ भन्दा बढी लक्जरी कार छन् । उनको मासिक आम्दानी ४ करोडभन्दा बढी छ । उनले वार्षिक ४५ करोडदेखि ५० करोड रुपैयाँसम्म कमाउँछन् । उल्लेखनीय कुरा के छ भने अक्षय कुमारको वास्तविक नाम राजीव हरि ओम भाटिया हो । उनले चलचित्र उद्योगमा धेरै उत्कृष्ट चलचित्रमा अभिनय गरेका छन्, जसका कारण उनी दर्शकको मन जित्न सफल भएका छन् । उनको आम्दानीको मुख्य स्रोत फिल्म, ब्रान्ड एन्डोर्समेन्ट र व्यक्तिगत लगानी हो । उनी एक प्रशिक्षित मार्सल आर्टिस्ट हुन् र उनी आफैँ फिल्महरूमा खतरनाक स्टन्टहरू दिने गरेका पनि छन् । अभिनेता अक्षय कुमारसँग मर्सिडिज बेन्ज, बेन्टले...