Thursday, May 23

Tag: भोलोदिमिर जेलेन्स्की

हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति ! [प्रेरक व्यक्तित्व]
जीवनशैली, प्रमुख समाचार

हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति ! [प्रेरक व्यक्तित्व]

नारायण पौडेल भासिल पेट्रोभिच होलोबोरोड्को उच्चमाध्यामिक तहका इतिहास शिक्षक हुन् । हासोठट्टा गर्न रुचाउने भासिलको इतिहास पढाउने शैली मिठासपूर्ण छ । इतिहासजस्तो पट्ट्यारलाग्दो विषय भए पनि उनको कक्षा रोचक हुन्छ । उनी विकृतिका विरुद्ध आगो ओकल्छन् । युवावयका विद्यार्थीले उनलाई औधी रुचाउँछन् । एक दिन इतिहासका बारेमा अन्तरक्रियात्मक अध्यापन गराइरहेका हुन्छन् भासिल । एकाएक विद्यालय प्रशासनले विद्यार्थीलाई चौरमा जान उर्दी जारी गर्छ । आफूले पढाइरहेका विद्यार्थीलाई आफ्नो अनुमतिबिना कही लैजान नपाइने भन्दै भासिल जंगिन्छन् । प्रशासनका व्यक्तिले चुनावी कार्यक्रममा सहभागी हुन विद्यार्थी चाहिएको जवाफ फर्काउँछन् । विद्यार्थी चाहिए अर्को कक्षाको लगेको भए पनि हुने, आफ्नै कक्षाका किन लैजानुपर्ने भन्दै भासिल रोष प्रकट गर्छन । त्यतिन्जेल सबै विद्यार्थी बाहिरिसकेका हुन्छन् । प्रशासकले गणितको कक्षा बढी महत्वपूर...