Thursday, April 18

Tag: भू-उपग्रह

विश्व आकाशमा ‘नेपाली नानो स्याटेलाइट-१’
प्रमुख समाचार

विश्व आकाशमा ‘नेपाली नानो स्याटेलाइट-१’

काठमाडौं : नेपालले पहिलो पटक आफ्नो भू उपग्रह, स्याटेलाइट  अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । नेपाली वैज्ञानिकहरुले  निर्माण गरेको नानो स्याटेलाइट  बिहीबार बिहान २ बजेर ३१ मिनेटको समयमा अमेरिकाको  भर्जिनिया राज्यको तटबाट नेपाली झण्डासहित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिकहरुले तयार पारेको भूउपग्रह  अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण भएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नास्टले जनाएको छ । यसलाई 'नेपाली नानो स्याटेलाइट १' नाम दिइएको छ । नेपाली वैज्ञानिक आभाष कुमार मास्केको नेतृत्वमा जापान र श्रीलंका सहितका ८ जनाको समूहले स्याटेलाइट निर्माण गरेका हुन् । नेपालको झण्डा र नास्टको लागो सहित  स्याटेलाईट प्रक्षेपण गरिएको  वरिष्ठ वैज्ञानिक एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नास्टका प्रवक्ता डा. सुरेशकुमार  ढु...